भाद्र १,२०८१ काठमाडौं ।

नेपाल बिधुत्त प्राधिकरणले आफ्नो ३९ औं वार्षिकोत्सब भव्यताका साथ मनाएको छ । काठमाडौको प्रज्ञाभवनमा निकै तामझामका साथ मनाएको वार्षिकोत्सब त्यति सुखद भनी देखिएन ।

खचाखच भिडमा देखिएका सबैले बिभागिय  मन्त्री र कार्यकारी निर्देशकको शैली हेरेर बसेका थिए जुन उनिहरु दुबैलाइ असहज भएको सहजै अनुमान गर्न सकिथ्यो । यतिबेला प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र उर्जामन्त्री बिचको सम्बन्ध सुमधुर छैन ।

डेडिकेटेड र टंकलाइन बिजुलिको भुक्तानी बिबादले यतिबेला सरकार , संसद र सडक सबैतिर चर्चा चलेको छ । सरकारले उद्योगहरुका काटिएको लाइन तत्काल जोडन प्राधिकरण लाई दिएको निर्देशन घिसिङले नमानेपछि बिबाद आजको कार्यक्रम सम्म छताछुल्ल देखिने गरि आएको छ ।

मन्तव्य राख्ने क्रममा उर्जा,जलस्रोत तथा सिचाई मन्त्री दिपक खडकाले उधोगमा लाइन काटनु भनेको मान्छेको घाँटी काटनुसरह भएको भन्दै आक्रोश व्यक्त गरे । उनले भने , उधोगमा तपाइँहरु जस्तै मजदुर होलान , लोन होला लाइन काटेर उधोग नचल्दा कति गाह्रो भएको होला सोच्नुस भन्दै कार्वाहीको प्रक्रिया हुने स्पष्ट पारे । स्टन्ट गर्न मनोमानी गर्न कसैलाई छुट नहुने भन्दै मन्त्री खडकाले सरकार सबैको भएको भुल्न नहुने धारणा राखे ।

मन्त्रीको रुखो मन्तव्य सुनेका घिसिङ शालिन देखिन खोजेपनी उनको अनुहारले आक्रोश र तनाव भनी झलकाइ रह्यो ।

कुलमान लाई जसरी पनि हटाउने बाटो खोजी रहेको सरकारले त्यो बाटो कहिले भेटाउछ त्यो भनी हेर्न बाकी छ । कुलमान पनि कुनै हालतमा सरकार सग नझुक्ने पक्षमा रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय