वामपन्थी चिन्तक तथा पुर्व साम्सद समेत रहेका गणेश पण्डितको स्मृतिमा गणेश पण्डित स्मृति केन्द्रले “स्मृति ग्रन्थ” प्रकाशित गरेको छ ।


आज एक कार्यक्रमका बीच पुर्व राष्ट्रपति बिद्या देबि भण्डारीले स्मृति ग्रन्थ सार्वजनिक गरेकी हुन । सो कार्यक्रममा माले महासचिव सिपि मैनाली , माओवादी केन्द्रका सचीव दिनानाथ शर्मा , क्रान्तिकारी माओवादीका महासचिव सिपि गजुरेल , राप्रपा निर्देशन समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी , काङ्ग्रेस नेता अर्जुन नरसिंह केसी लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

स्मृति ग्रन्थ सार्वजनिक समारोहमा धारणा राख्ने वक्ताहरूले स्वर्गीय पण्डितले नेपाली राजनितीमा पुर्याएको योगदानको मुक्तकण्ठले प्रशंसा गरेका छन ।

बामपंथी आन्दोलनमा पण्डितको योगदान र भुमिका अतुलनीय रहेको कार्यक्रमकी प्रमुख अतिथि भण्डारीले स्पष्ट पारिन ।














