श्रावण २८ , काठमाडौं ।

श्रावण महिनाको अन्तिम सोमबार आज काठमाडौंको पशुपतिनाथ सहित देशभरका शिवालयहरूमा हिन्दु श्रद्धालु भक्तजनहरुको घुइँचो लागेको छ ।

 

ज्योतिष शास्त्रअनुसार श्रावणको सोमबार गरिने शिवको व्रत उपासनाले पारिवारिक कल्याण, सुख शान्ति एवं मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रही आएको छ।

पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेकोले दर्शनार्थीका लागि सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानीलगायत व्यवस्थापन मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

काठमाडौंको पशुपतिनाथ, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, खोटाङको हलेसी, दोलखाको भीमेश्वर, काठमाडौंको सप्तऋषेश्वर  ,सुनसरीको पिण्डेश्वर, जनकपुरको कपिलेश्वर लगायत देशभरका शिवालयहरुमा आज  दर्शनार्थीहरूको  अत्यधिक घुइँचो लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय