नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा सरकार लाई भन्दा संगठन निर्माण लाई जोड दिनुपर्ने नेताहरूले धारणा राखेका छन् । पार्टी कार्यालय पेरिसडाँडामा जारी स्थायी समिति बैठकमा बोल्ने नेताले अब दीर्घकालीन रुपमा पार्टी कार्यक्रम बनाउनु पर्ने धारणा राखे ।


बैठकमा उपमसचिव वर्षमान पुन, सचिव चक्रपाणी खनाल लगायतले अबको प्राथमिकता सरकार नभई पार्टी संगठन हुनुपर्ने कुरामा जोड दिए । उनीहरूले संविधान संशोधनको मुद्दामा प्रत्यक्ष कार्यकारी राष्ट्रपति हुनुपर्ने बताए । बैठक आइतबार पनि जारी रहने माओवादी केन्द्रले जनाएको छ ।

बैठक सुरु गर्दै अध्यक्ष पुष्पकमल दाहालले प्रमुख प्रतिपक्ष दलको हैसियतले सदन र सडकमा मोर्चाबन्दी गरिने बताएका थिए । प्रवक्ता अग्नि सापकोटाले बैठक पार्टी निर्माणमा केन्द्रित भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय