साउन २१, काठमाडौं ।

बंगलादेशका सेना प्रमुख जनरल वकार उज–जमानले अन्तरिम सरकार बनाउने घोषणा गरेका छन् । सरकारी रोजगारीमा रहेको आरक्षण (कोटा प्रणाली) को विरोधमा आन्दोलनरत विद्यार्थीहरुको आह्वानमा सोमबार हजारौं मानिस ढाकामा जम्मा भएका छन् । उनीहरु आफ्नो सरकारी निवासतर्फ अगाडि बढेपछि प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेको केहीबेरपछि सेना प्रमुख उज–जमानले पत्रकार सम्मेलन गर्दै अन्तरिम सरकार बनाउने घोषणा गरेका छन ।

अन्तरिम सरकार बनाउन राष्ट्रपतिका साथै विपक्षी दल नागरिक समाजसँग सम्वाद गरेको सैनिक प्रमुुुखले बताए पनि हसिनाको दल अवामी लिगको भने उनले नाम लिएनन् साँझसम्म एउटा निकासमा पुग्ने आशमा सेना रहेको भन्दै उनले अवस्थामा सुधार आयो भने कर्फ्यु आवश्यक नरहेको स्पष्ट पारे।

उनले सबै जिम्मेवारी आफूले लिने भन्दै प्रदर्शनकारीलाई घर फर्किन आग्रह पनि गरेका छन। उनले सुरक्षाकर्मीहरुलाई गोली नचलाउन निर्देशन दिइसकेको भन्दै देशलाई धेरै क्षति भयो । अर्थ व्यवस्था प्रभावित भयो कयौं मानिस मारिए । मलाई आश छ, यो सम्बोधनपछि अब अवस्थामा सुधार आउनेछ अब देश शान्त हुनेछ । सम्बोधनका क्रममा सेना प्रमुखले भने

हसिना नेतृत्वको सरकारले सरकारी सेवामा आरक्षणको व्यवस्था गरेपछि देशभर विद्यार्थीहरुले आन्दोलन चर्काएका थिए । सोही आन्दोलनले हसिना लाई पदबाट राजिनामा दिदै देश छोडन बाध्य पार्यो ।











