मित्र राष्ट्र जापान सरकारको अनुदान बाट निर्मित नेपालको पहिलो उधोगको रुपमा रहेको उदयपुर सिमेन्ट उधोग लिमिटेड लाई व्यवस्थित रुपले संचालन गर्न विभिन्न संगठनहरुले सामुहिक रुपले माग गरेका छन ।


राष्ट्रिय प्रजातन्त्र पार्टी उदयपुरका अध्यक्ष धुर्व रायमाझी मार्फत केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन लाई सरकारको ध्यानाकर्षण गराई उधोग संचालन गर्ने वातावरण तयार गरिदिन उधोगमा कार्यरत मजदुर र कर्मचारीको तर्फबाट दिइएको पत्र राप्रपा उदयपुरका अध्यक्ष रायमाझीले राप्रपा केन्द्रीय कार्यालयमा अध्यक्ष लिङ्देन लाई भेट गरि बुझाएका हुन ।

पत्र बुझ्दै अध्यक्ष लिङ्देनले संसदमा उधोगका समस्या र समाधानका उपायका बारेमा सरकारको गम्भीर ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरेका छन ।

उदयपुर सिमेन्टमा कार्यरत काङ्ग्रेस , एमाले, माओवादी र राप्रपा निकट मजदुर संगठनले महाप्रबन्धक र संचालक समितिका अध्यक्ष तत्काल नियुक्त गर्नुपर्ने , कर्मचारीले पाउनुपर्ने तलव , भत्ता र सेवासुबिधा पाउनेपर्ने अवकाशप्राप्त कर्मचारीको सेवासुबिधाको ग्यारेन्टीका लागि पटकपटक पहल गर्दापनी सुनुवाइ नभएको गुनासो गर्दै आइरहेका छन ।सरकारले जिर्ण तथा बन्द उधोग संचालनमा ल्याउने बताए पनि त्यस अनुसार काम हुन नसकेको उनीहरुको आरोप छ। एक समय उदयपुर सिमेन्टले उत्पादन गरेको सिमेन्ट बजारमा हाहाकार हुने गरि बिक्रीवितरण हुने गरेको थियो ।











