९ साउनमा त्रिभुवन विमानस्थल नजिकै सौर्य एयरको विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा धेरैजसो सौर्य एयरलाइन्सकै कर्मचारी थिए । पाइलट मनिष शाक्यको भने जीवितै उद्दार गरिएको थियो ।

मृतकको शव पोस्टमार्टम गरेर शुक्रबार नै सकिए पनि परिवारका सदस्यहरुले बीमा, क्षतिपूर्ति र राहतको माग गर्दै शव नबुझ्ने अडान राखेका थिए । तर शनिबार साझसम्म १७ जनाको परिवारले शव बुझेको चौधरीले बताएका हुन ।













