सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धि संसदीय बिशेष समितिले पुर्वअर्थमन्त्रीहरु सग समस्या समाधान गर्नका लागि सुझाव संकलन गरेको छ ।

पुर्वअर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनी, सुरेन्द्र पाण्डे र महेश आचार्य सग समितिको कार्यालय सिंहदरबारमा समितिले समस्याग्रस्त सहकारीहरुको समाधान कसरी गर्न सकिन्छ भन्ने बिषयमा सुझाव मागेको डा. लोहनीले जानकारी दिए ।


पुर्वअर्थमन्त्रीहरुले बिबादास्पद सहकारीका संचालकहरुको सम्पत्ति रोक्का राख्ने, राजनितीक दलको नेताकार्यकर्ता दोषी देखिए दलहरूले कार्वाही हुन नदिने गरि दबाब नदिने प्रतिबद्धता जनाउनुपर्ने ,  सर्वसाधारण जनताहरुको रकम संकलन गरेर जथाभावी लगानी गरेका सहकारीहरुको पहिचान गरि  सम्पत्ति राज्यले जपत गर्न सक्ने व्यवस्था गर्न पुर्व अर्थमन्त्रीहरुले समिति लाई  सुझाव दिएको छ ।

पुर्वअर्थमन्त्रीहरुको सुझाव महत्त्वपूर्ण रहेको भन्दै समितिका सभापति सुर्य बहादुर थापाले सुझाव कार्यान्वयनमा लगिने बताए । उनले दोषीलाई कार्वाही गर्न सिफारिस गर्ने कुरामा शंका नगर्न सबै सग अनुरोध समेत गरेका छन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय