रामेछापको गोकुलगंगा गाउँपालिका -६फर्पुमा पहिरोमा परेर ३ जनाको मृत्यु भएको छ । बिहीबार साँझ परेको अविरल वर्षाका कारण आएको पहिरोमा परी ३ जनाको मृत्यु भएको रामेछाप प्रहरीले जनाएको छ ।


पहिरोमा परेर मृत्यु हुनेमा १७ वर्षीया सीता तामाङ , १३ वर्षीया लक्ष्मी तामाङ र १५ वर्षीया आशिका तामाङ रहेका छन् । पहिरोमा पुरिएका सबैको शव निकालिएको प्रहरीले जनाएको छ । पहिरोले जोखिम बनेका थप ४ घरबाट स्थानीयको उद्वार गरिएको प्रहरीले जनाएको छ ।

यस्तै गोकुलगङ्गा १ शिवालय गर्जाङ खण्डमा पनि ठाउँ ठाउँमा आएको पहिरोका कारण सडक अवरुद्ध भएको छ । १० गते परेको ठूलो पानीले जिल्लाका विभिन्न स्थानीय तहरुमा रहेका सडक , खानेपानी, बिजुली लगायतमा पनि असर गरेको स्थानीयले जानकारी दिए ।

तस्बिर सौजन्य : बिपिन बस्नेत ।











