राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा ) केन्द्रीय निर्देशन समितिको बैठक शनिबार १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भएको छ । निर्देशन समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको अध्यक्षतामा बस्ने बैठकमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन , वरिष्ठ नेता पशुपतिशमशेर जबरा सहित केन्द्रीय पदाधिकारीहरुको सहभागिता हुने छ ।


बदलिएको सत्ता समीकरण , राप्रपाको आन्दोलन र प्रधानमन्त्री ओलिले आइतबार संसदमा लिने बिश्वासको मतका सन्दर्भमा राप्रपाको भुमिका के हुने भन्ने बिषयमा बैठकमा छलफल गरिने समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले जानकारी दिए ।
राप्रपा भित्र सरकारमा जाने कि आन्दोलन गर्ने भन्ने बिषयमा दुइधार देखा परेको अवस्थामा प्रधानमन्त्री ओलिले मन्त्रीपरिषद् लाई पुर्णता दिएपछि राप्रपाले के निर्णय गर्छ भन्ने बिषय लाई चासोका साथ हेरिएको छ ।

यस अघि एमाले र काङ्ग्रेसको सरकार लाई समर्थन गर्दै संविधान संसोधन गर्न दबाब बढाउन राप्रपाले भित्री तयारी गरेको थियो । संविधान संसोधन मार्फत राजसंस्था सहितको हिन्दुराज्य स्थापना , प्रदेश खारेज , समानुपातिक निर्वाचन प्रणालीमा र जातीय आरक्षण हटाउने बिषयमा पुनःबिचार गर्न राप्रपाले माग गर्दै आइरहेको थियो ।

यी मध्य ठुला दलहरू निर्वाचन प्रणाली र हिन्दुराज्यको पक्षमा उदार देखिए पछि हौसिएको राप्रपाले आगामी रणनीति कस्तो बनाउछ त्यो चासोको बिषय बनेको छ ।












