राष्ट्रपति रामचन्द्र पौडेलका प्रमुख राजनितीक सल्लाहकार तथा पुर्वमन्त्री सुनिल बहादुर थापा संग नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी सहितको टोलिले राष्ट्रपति भवन शितल निवासमा भेट गरेको छ ।भेटमा थापाले वायुसेवा निगमको वर्तमान परिस्थिति र भावी  योजनाका बिषयमा चासो राखेका थिए । जवाफमा अधिकारीले निगमको सुदृढीकरण , चुस्त व्यवस्थापन , बिश्वसनिय सेवा प्रदान र गन्तव्य बिस्तार गर्ने गरि काम अगाडि बढाइएको धारणा राखे । अधिकारीले नेतृत्व समालेपछी व्यवस्थापनमा सुधार देखिन थालेको निगमकै कर्मचारीहरु बताउछन् । तर राजनितिको छाँयाले आमजनताको बिश्वास गुमाएको निगमलाइ जनताले बिश्वास भनी गरि हालेका छैनन् ।

 थापाले निगमको बिकास र सुदृढीकरणमा आफ्नो तर्फबाट सक्दो सहयोग हुने प्रतिबद्धता व्यक्त गरेका छन । उनले केही  दिन अगाडी राष्ट्रिय ध्वजाबाहक प्लेनमा नयाँदिल्ली बाट काठमाडौ आउँदाको अनुभव अधिकारी लाई सुनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय