आदिकवि भानुभक्त आचार्यको २११ औँ जन्मजयन्ती देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । सोही अवसरमा दरबार हाईस्कुलमा रहेको भानुभक्तको सालिकमा माल्यार्पण गरि सम्मान व्यक्त गरिएको छ।

नेपाल शिक्षा परिषद्को आयोजनामा आज बिहान आयोजित कार्यक्रममा नेपाल प्रज्ञा  प्रतिष्ठानका पूर्वउपकुलपति एवं वरिष्ठ साहित्यकार गङ्गाप्रसाद  उप्रेतीले आचार्यको सालिकमा माल्यार्पण गरे।

भानुभक्तको सालिकमा माल्यार्पण गर्दै पूर्वउपकुलपति उप्रेतीले नेपाली भाषाको विकास गरी नेपालीलाई एकताबद्ध गर्न आदिकविको ठूलो योगदान रहेको बताए। तनहुँ स्थित उनको गृहजिल्लामा पनि विभिन्न संघसंस्थाले विविध कार्यक्रमको आयोजना गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय