काठमाडौँ जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४- मा रहेको कान्ति भैरव गुरुकुलका विद्यार्थीहरु लाई पुरस्कार बितरण गरिएको छ ।

गुरुकुलले संचालन गरेका बिबिध गतिबिधिमा सहभागी भइ बिजेता भएका विद्यार्थीहरु लाई आज एक कार्यक्रमका बिच राप्रपाका पुर्वअध्यक्ष तथा पुर्वअर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनिले पुरस्कार बितरण गरेका हुन ।

पुरस्कार बितरण कार्यक्रम लाई सम्बोधन गर्दै डा.लोहनीले देशमा अहिले हामीले हाम्रो मौलिकता र इतिहास लाई जोगाउन नसकेको बताए । ऋषि मुनिहरुको देश पुर्वीय दर्शनको उदगम स्थल हिन्दु , बौद्ध ,किराँत सिख र जैन धर्मको उदगमस्थल भएपनी त्यो जोगाउन नसक्दा आज देशमा समस्या आएको उनले धारणा व्यक्त गरे ।

गुरुकुलले सिकाएको र देखाएको बाटो हिडनुको सट्टा अहिले हामी अरुको सिको गर्दै हिडन थालेका छौं , आफ्नो मौलिक धर्म संस्कृती माथी भएको हस्तक्षेप हेरेर बस्ने अवस्थामा पुगेका छौ जुन चिन्ताको बिषय हो । यसतर्फ सबैजना समयमै सचेत हुनुपर्ने कुरामा उनले जोड दिए । उनले आफ्नो पार्टीले इतिहासको सम्मान र संरक्षण हुनुपर्ने माग गर्दै आइरहेको स्पष्ट पारे ।

पुरस्कार वितरण कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नम्बर -४ का वडाअध्यक्ष जयराम महत , गुरुकुलका गुरुहरु , समाजसेवी , बुद्धिजीवी , पत्रकार र विद्यार्थीहरुको उपस्तिथि रहेको थियो ।













