असार २५ पोखरा , कास्की
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा )को गण्डकी प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला लाई अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बोधन गरेका छन ।


पोखरा अन्तरास्ट्रिय बिमानस्थलको स्थलगत निरीक्षणमा पोखरा गएका लिङ्देनले अगुवा कार्यकर्ताहरु लाई सम्बोधन गरेका हुन । राप्रपा सरकारमा सहभागी हुने नहुने, काङ्ग्रेस – एमाले गठबन्धन , प्रदेश सरकारमा राप्रपाको सहभागिता जस्ता बिषयमा उठेका जिज्ञासाहरुको निरुपण र पार्टीको ठोस धारणा कार्यसम्पादन समितिको बैठक बाट हुने अध्यक्ष लिङ्देनले स्पस्ट पारे ।

अहिले सरकारमा जाने कुराको बहस सान्दर्भिक नहुने भन्दै अध्यक्ष लिङ्देनले असार -२८ पछि कस्तो अवस्था आउँछ राजनितिक वातावरण कस्तो हुन्छ ? सबै कुरा हेरेर राप्रपा अगाडि बढने बताए । राप्रपाले उपयुक्त निर्णय गर्छ । नेताकार्यकर्ताको शिर निहुरिने काम आफुले नगर्ने उनले स्पष्ट पारे ।

तपाईंहरु पार्टी संगठन निर्माणमा जुटनुस भन्दै लिङ्देनले अगुवा नेताकार्यकर्ताहरु लाई निर्देशन समेत दिए ।
कार्यक्रममा उपाध्यक्ष हेमजङ्ग गुरुङ , गण्डकी प्रदेश अध्यक्ष पन्चराम गुरुङ , कोषाध्यक्ष निलकण्ठ काफ्ले,केन्द्रीय सदस्यहरु, प्रदेश साम्सद लगायत नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।











