मनसुन सक्रिय भएसँगै देशभर बाढी पहिरोको जोखिम बढेको छ । केही दिन देखि परिरहेको पानीका कारण काठमाडौ लगायत देशभरको जनजीवन प्रभावित भएको बेला प्रधानमन्त्री पुष्प कमल दाहाल(प्रचण्ड) ले उद्धारमा कुनै कसर बाँकि नराख्न सबै संयन्त्र लाई निर्देशन दिएका छन् ।

 

“सामाजिक संजालमा उनले राजनीतिक दल देखि सामाजिक संघसंस्था लाई समेत राहत तथा उद्धारमा सहयोग गर्न अपिल गरेका छन् ।प्रधानमन्त्री दाहालले भनेका छन । अविरल वर्षापछि आएको बाढी पहिरोका कारण देशका विभिन्न भूभागमा भएको धनजनको क्षतिप्रति गहिरो दुख व्यक्त गर्दछु।

प्राकृतिक प्रकोपबाट पीडित नागरिकको उद्दार र राहतमा सक्रिय हुन नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशित गर्दछु।

यस वर्ष उच्च वर्षा हुने प्रक्षेपण भइरहेकाले बाढी पहिरोबाट हुनसक्ने सम्भावित क्षति र जोखिम न्यूनिकरण गर्न व्यवस्थित सरकारले विपद् व्यवस्थापन तथा जोखिम न्यूनिकरण समितिको बैठक राखेर आवश्यक पूर्वतयारीको काम गरिरहेको छ।

यस सन्दर्भमा सम्भावित जोखिमप्रति आवश्यक सुरक्षा सतर्कता अपनाउन सम्पूर्ण नागरिकमा अनुरोध गर्दछु। सरकारको प्रयासमा सार्थक हातेमालोका निम्ति सम्पूर्ण राजनीतिक दल, नागरिक समाज र सामाजिक संस्थाहरूसँग हार्दिक अपील गर्दछु।”

केहीदिन देखि परिरहेको निरन्तरको पानीले देशभर प्रभाव पारेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय