काँग्रेस – एमालेको बीचमा नयाँ सत्तासमीकरण हुने भएपछि देउवा निवास बुढानिलण्ठमा विपक्षी दलको बैठक सुरु भएको छ । वर्तमान सत्तागठबन्धनमा सहभागी नभएका काँग्रेस, राप्रपा र जसपा उपेन्द्र यादव लगायतका दलहरुको बैठक अहिले सुरु भएको छ । देउबा निवास आउनु अघि राप्रपाले पदाधिकारी बैठक बाट सरकारमा जानेबारेमा पार्टीको एजेन्डाका बारेमा नयागठबन्धनमा थप छलफल गरेर निर्णय लिने बताएको छ ।


भारी वर्षाका बीच देउवा निवासमा भएको विपक्षी दलहरुको बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, लोसपा अध्यक्ष महन्त ठाकुर जसपा अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरु सहभागी भएका छन्। काँग्रेस बाट महामन्त्री गगन थापा, कृष्ण प्रसाद सिटौला लगायतका नेताहरु सहभागी छन् ।राप्रपा अध्यक्ष लिङ्देनले बैठक सकारात्मक भएको भन्दै थप छलफल गर्ने निर्णय भएको प्रतिक्रिया दिए ।












