सोलुखुम्बु जिल्ला लिखुपिके गाउँपालिका वडा न – ५ भकान्जेका समाजसेवी , नेपाल शेर्पा संघका सल्लाहकार साथै स्टे एट स्कुल नेपालका बरिष्ठ प्राबिधिक अधिकृत परिवारले चन्द्रज्योति माध्यमिक विद्यालयका शिक्षक तथा शिक्षिकाहरुलाई प्रोत्साहन स्वरुप रु २०,००० नगद रकम सहयोग गरेका छन ।


एसईई परिक्षामा सहभागी भएका २३ जना विधार्थीहरु सबै परिक्षामा उत्तिर्ण भएपछि खुशी हुदै शेर्पा दम्पत्तिले विद्यालय लाई रकम उपलव्ध गराएको प्र.अ ल्हाक्पा शेर्पाले जानकारी दिए । शेर्पा दम्पत्तिको सहयोगले आफुहरु लाई थप जिममेवार बनाएको उनले बताए । सहयोग उपलव्ध गराउदै शेर्पाले विधालय सबै जातजातीको साझा फुलबारी भएकोले यसको हेरचाह सबैले गर्नुपर्ने बताए । विधालयले अझ प्रगती गरोस भन्ने उद्देश्यले आफुहरुले सानो सहयोग गरेको उनले जानकारी दिए ।

शत प्रतिशत नतिजा ल्याउन सफल भएको भन्दै लिखुपिके – २, मेस्की सोलुखुम्बुका दिपक रोक्काले पनि नगद रु १०,००० विद्यालयलाई हौसला स्वरुप सहयोग गरेको विधालयले जनाएको छ । विधालयले सहयोग गर्ने सबै प्रति कृतज्ञता समेत व्यक्त गरेको छ ।

यस वर्ष कोशी प्रदेशका १४ वटा जिल्लाहरु मध्य एसईईको नतिजामा सोलुखुम्बु जिल्लाको नतिजा उत्कृष्ट आएको छ भनी ताप्लेजुङ सबैभन्दा कमजोर देखिएको छ ।











