नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्। आफ्नै निवास बूढानीलकण्ठमा देउवाले सोमबार दिउँसो ३ बजे पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

उनका अनुसार बैठकमा पार्टीले सबै भ्रातृ संस्थाको अधिवेशन गर्न १५ असारसम्मको अवधि दिएको तर, यो अवधिभित्र मुस्लिम संघ र लोकतन्त्रवादी आदिवासी जनजाति महासंघले मात्रै अधिवेशन गरेको विषयमा छलफल हुनेछ । कांग्रेसका ११ वटा भ्रातृ संस्था तदर्थ समितिमै सीमित रहेका छन ।

 

बैठकमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रम र एमाले अध्यक्ष ओलीसँग भेटेको विषयमा देउवाले बैठकमा जानकारी गराउने छन । ओली सग भेटेर फर्किए लगत्तै देउवाले पदाधिकारी बैठक डाक्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। हिजो देउवाले बालकोट पुगेर ओलीसँग करिब ३ घण्टा वार्ता गरेका थिए । ओलीले देउवासँग वार्ता गरेपछि सत्ताको बागडोर समालेको माओवादी केन्द्र सशंकित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय