जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि भन्ने नाराका साथ आज देशभर २१औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ मनाइदै छ । यो अवसरमा प्रधानमन्त्री देखि विभिन्न दलका नेताहरुले शुभकामना दिनुका साथै खेतमा गएर धान रोपेका तस्बिरहरु सार्वजनिक गरेका छन ।


मानौं यो राष्ट्रिय पर्व नै बनेको छ तर पनि सरकारी तथ्यांक लाई नै आधार मानेर बिगत ३ वर्ष अघि देखिको आकडा हेर्दा हामी वार्षिक ४०/५० अर्ब हाराहारीको धान चामल आयात गरिरहेका छौं ।
किन यस्तो हुँदै छ त ?
नेपाल लाई कृषिप्रधान देश भनिन्छ । यहाँका अधिकाशं परिवार कृषि पेशामा निर्भर छन तर पनि हामी अर्बौंको धान/चामल आयात गर्दैछौं यस्को कारण खोज्न जरुरी छ ।

हामी परम्परागत खेती प्रणालीमै छौं , किसानले समयमा बिउँ मल पाउदैनन् , सिचाइको अभाव छ, आकाशे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता छ , श्रमशक्तिको चरम अभाव देखिन थालेको छ,धानखेती हुने जग्गा कम हुँदै गएको छ भनी नेपालीहरुको भात खाने बानीमा वृद्धि भएको छ ।

जसका कारण आयात बढी रहदा आयात प्रतिस्थापन गर्ने सरकारको ठोस नीति छैन । वर्षको एकपटक खेतमा जाने धान रोप्ने अनि शुभकामना सन्देश जारी गरेर बस्ने नेताहरुको तालिका बनेको छ ।

किसानको खेतमा कुलो कसरी पुर्याउने? मल बिउँको व्यवस्था कसरी गर्ने ? आधुनिक प्रविधि कसरी भित्राउने? बजारीकरण कसरी गर्ने? युवा जनशक्ती लाई कसरी स्वदेशमै राख्ने ? कृषि अनुदान वास्तविक कृषकसम्म कसरी पुर्याउने ?
जस्ता ठोस योजना नबन्दा नेपालीहरु परनिर्भर बन्दै गएका छन । यसतर्फ समयमै सरकार गम्भीर नहुने हो भनी आगामी दिन झन भयावह हुने निश्चित छ ।

यसतर्फ सरकार सचेत बनोस नत्र वर्षको एकदिन असार १५ गते धान दिवस मनाएर मात्र हाम्रो आयात घटनेवाला छैन ।
धान दिवसको उपलक्ष्यमा आज देशभर देखिएको रौनक तस्बिरमा















