नेपाली कांग्रेसका युवा नेता तथा प्रतिनिधीसभा सदस्य प्रदीप पौडेलले चक्रपथ बिस्तार चाँडो नभए सरकारी गाडी चल्न नदिने बताएका छन् । रिङरोड कलंकी–धोबीखोला सडकखण्ड विस्तारका लागि दबाब यात्राको सुरुवात गर्दै सांसद पौडेलले यस्तो चेतावनी दिएका हुन् ।
यदि सरकारले हाम्रो माग लाई गम्भीर रुपमा नलिएको खण्डमा हामी कलंकीदेखि ओम अस्पतालसम्मको कलंकी च्रकपथ १३ किलोमिटरसम्म सरकारी गाडीलाई चल्न नदिन पनि सक्छौं । त्यो अवस्था नआवस् ।
उनले चिनियाँ राजदुतसँग कुरा गर्दा नेपालले गर्नुपर्ने काम नसकेकाले बाटो विस्तारमा ढिलाइ भइरहेको जवाफ पाएको बताए ।

यो सडक नबनेको पाँच वर्ष भयो २ वर्षअघि कांग्रेस पनि सरकारमा थियो यो गल्ती कसको भनेर पत्रकारले प्रश्न गरेको थियो । उनले प्रश्नको जवाफ दिँदै उनले गल्ती सरकारको बताए । उनले भने, सरकारमा जोजो छ चाहे त्यो एमाले होस् माओवादीहोस् वा कांग्रेसको होस् गल्ती सरकारको हो ।

उनले दबाब यात्रा आज बिहान ७ बजेदेखि कलंकीबाट सुरु गरेका हुन्। दबाब यात्रा कंलकी– स्वयम्भु– ठूलोभञ्याङ – नयाँबसपार्क– बसुन्धरा हुँदै साढे १० बजे धोबीखोला पुग्ने कार्यक्रम छ। उनले दबाब यात्रामा सहभागी हुन काठमाडौंवासीलाई अपिल पनि गरेका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय