राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता सगुन सुन्दर लावतीले संगठन विभागको सदस्य सचिवको समेत जिम्मेवारी पाएका छन् ।राप्रपा महामन्त्री एवं संगठन विभाग प्रमुख धवल शम्सेर राणाले बिहीबार लावतीलाई संगठन विभाग, सदस्य सचिवको पदमा मनोनयन गरेका हुन् । यसैबिच राप्रपाको संगठन विभागले काठमाडौँ उपत्यकाभित्र रणनीतिक रूपमा संगठन विस्तार गर्ने कार्यक्रम तय गरेको छ ।काठमाडौँ उपत्यकाभित्रका महानगरपालिका, नगरपालिका र गाउँपालिका तहसम्म रणनीतिक पहुँच कायम राख्दै संगठन विस्तार कार्यक्रम अघि बढाउने निर्णय गरेको हो ।विभाग प्रमुख राणाको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न बैठकले संगठन केन्द्रित अभियान असार १९ गते आरम्भ गर्ने निर्णय लिएको छ ।प्रवक्ता एवं संगठन विभागका सदस्य सचिव लावतीका अनुसार पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न हुने उक्त रणनीतिक भेलामा राप्रपाका बागमती प्रदेश संयोजक, बागमती प्रदेश समिति अध्यक्ष, उपत्यकाभित्रका केन्द्रीय पदाधिकारी तथा सदस्यहरू, प्रतिनिधिसभा तथा प्रदेश सभाका सांसद, काठमाडौँ, ललितपुर तथा भक्तपुर जिल्लाका अध्यक्ष तथा सचिवहरू, क्षेत्रीय अध्यक्ष तथा प्रदेश सभा अध्यक्षहरू, महानगरपालिका, नगरपालिका तथा गाउँपालिकाका अध्यक्ष तथा सचिवहरुको सहभागिता रहनेछ ।
लावतीको मनोनयन सगै बढयो विवाद ,

महामन्त्री तथा संगठन विभागका प्रमुख डा.राणाले संगठन विभागको सदस्य सचिवमा लावती लाई मनोनयन गरेपछि यस अघिका सदस्य सचिव प्रकाश रिमालले विभागहरुको गठन पार्टी अध्यक्षले गर्ने , विभगको प्रमुख लाई यसरी मनोनयन गर्ने अधिकार नभएको भन्दै सामाजिक संजालमा लेखेपछि विवाद सतहमा आएको हो । उनले आफु लाई विगतमा अध्यक्षले पत्र दिएको , राप्रपा अध्यक्षात्मक पार्टी रहेको र यसले चेन अफ कमाण्ड बिग्रने भन्दै असन्तृष्ठी व्यक्त गरेका छन । पार्टीको आन्तरिक कुरा सामाजिक संजालमा राखेर रिमालले सचिवालयले जारी गरेको निर्देशन उल्लघंन गरेको , सामाजिक संजाल मार्फत देशभरका नेताकार्यकर्ताहरुमा भ्रम छरेको भन्दै उनलाई कार्वाही गर्न अन्य नेताहरुले सामाजिक संजाल मार्फत नै माग गरेका छन । यो सगै राप्रपामा पदाधिकारीहरुका बिचमा सम्बन्ध राम्रो नरहेको सहज अनुमान गर्न सकिन्छ ।












