राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले चिनियाँ सहयोग कार्यक्रम बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) लाई नेपालले स्वीकार गर्नुपर्ने बताएका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अमेरिकी सहयोग परियोजना एमसीसी स्वीकार गर्दा चीनको बीआरआई स्वीकार गर्न किन नहुने ? भन्दै प्रश्न समेत गरे । केसीले एमसीसी र बीआरआईबीचको अन्तर के हो नेपाली जनतालाई प्रष्ट पार्नुपर्ने बताए । (बीआरआई) लाई स्वीकार गर्यो भने ऋणमा चुर्लुम्म डुब्छ भन्ने भान पार्न खोजिएको छ, अमेरिकनहरुले एमसीसीको भारी बोकाउँदा, नेपाली जनताले चारैतिर असहमति राख्दा, विरोध गर्दा, आन्दोलन गर्दा यहाँका शासकहरुको भाषा के थियो र चरित्र के थियो ? केसीले प्रश्न गरे । चीनसँग सैद्धान्तिक राजनीतिक रुपमा आफूहरुको पनि असहमति रहेको भन्दै उनले बीआरआईको माध्यमबाट चीन नेपाल आउन खोजेकाले स्वीकार गर्नुुपर्ने बताए ।


एमसीसीको पक्षमा नेपाललाई दुर्घटनामा पार्ने र चीनविरोधी अखडा नेपाललाई अमेरिकाले गराउन जुन षड्यन्त्र छ, यसमा नेपाली जनता सतर्क हुनुपर्छ र सरकार संबेदनशिल बन्नुपर्ने केसीले धारणा राखे । यदि बिआरआईले ऋण लगाउने होभनी अहिले देश लाई लागेको २४ खर्बको ऋण पनि बीआरआईले लगाएको हो भन्ने प्रश्न पनि गरे ।











