राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले तयार पारेको समीक्षा प्रतिवेदनमाथि छलफल गर्न रास्वपाले १९ असारमा केन्द्रीय समिति बैठक बोलाएको छ ।

पार्टी कार्यालय चमतिमा बस्ने बैठकको एजेण्डामा महामन्त्रीको समीक्षा प्रतिवेदनमाथि छलफल र विविध गरी दुई वटा एजेन्डा राखिएको छ ।

महामन्त्री ढकालले देशका ३९ जिल्लाहरुको भ्रमण गरेर तयार पारेको समीक्षा प्रतिवेदन बुधबार सभापति रवि लामिछानेलाई बुझाएका थिए । उनले पार्टीमा विभिन्न समस्या देखिएको भन्दै बेलैमा उपचार नगरे ०८४ को चुनावमा राष्ट्रिय पार्टी बन्न पनि नसक्ने निश्कर्ष निकाल्दै संघियताको विषयमा स्पष्ट हुनुपर्ने धारणा अघि सारेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय