झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको सर्प पालन कार्यक्रममा भ्रष्टाचार भएको विशेष अदालतले ठहर गरेको छ । प्रतिष्ठान भष्ट्राचार काण्डमा तत्कालीन मन्त्रीसहित ६ जना दोषी ठहर भएका छन्। विशेष अदालतले मंगलबार मधेश प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार सहित ६ जनालाई दोषी ठहर गरेको हो। तत्कालीन लालबन्दी नगरपालिकाका मेयर मानबहादुर खड्काले भने सफाई पाएका छन्।
सर्पको विष संकलन, प्रसोधन र उत्पादन केन्द्र स्थापनाका नाममा १७ करोड ९८ लाख ३३ हजार रुपैयाँ भ्रष्टचार भएको भन्दै अभियोग पत्र दायर भएको थियो।

तत्कालीन मन्त्री विजयकुमार र मेयर खड्काले आफूलाई हुँदै नभएको अधिकार प्रयोग गरी साझेदारी शुन्य रहेको प्रतिष्ठानसँग सहकार्य गरी उसैलाई कार्यक्रम सन्चालन गर्न दिएको भन्दै भ्रष्टचार भएको दावी गरिएको थियो। प्रतिष्ठानका तत्कालिन अध्यक्ष रेवतीप्रसाद पन्त दोषी ठहर भएका छन्। दोषी ठहर भएका आरोपीको सजाय निर्धारण असार २५ गते हुने विशेष अदालतले बताएको छ।











