नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै मिलेर अघि बढेमात्रै देश समृद्ध बन्ने बताएका छन्।

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनलाई मंगलबार सम्बोधन गर्दै उनले नेपालका हरेक आन्दोलनमा आदिवासी जनजातिको योगदान महत्वपूर्ण रहेको धारणा व्यक्त गरे।

आपसमा सबै एक भएर राष्ट्रलाई ठूलो योगदान दिनुपर्ने उनले बताए। आदिवासी जनजाति एक भए देश, पार्टी र आफ्ना हक अधिकार पनि संरक्षण हुने उनले बताए।

‘नेपालमा आदिवासी जनजातिहरूले अत्यन्तै महत्वपूर्ण योगदान दिनुभएको छ। तपाईंहरु सबै आपसमा एक भएर यो राष्ट्रलाई ठूलो योगदान दिन सक्नुहुन्छ। भोलिका दिनमा आफ्नो हक अधिकारका लागि पनि लड्दै जानुस् उनले भने, साथसाथै कांग्रेस पार्टीलाई पनि बलियो पार्नुस्। यो राष्ट्रलाई पनि बलियो पार्दै जानुस्। त्यो भएको खण्डमा हाम्रो राष्ट्र, पार्टी मजबुत हुन्छ । उनले आदिवासी, जनजातिका मागहरु सम्बोधन गर्न आफू लाग्ने प्रतिबद्धता पनि जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय