सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानविन विशेष समितिले कानूनी परामर्श सुरू गरेको छ । बुधबार संसद भवनमा बसेको संसदीय छानविन विशेष समितिले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, नेपाल कानून आयोगलगायतका पदाधिकारीहरूसँग छलफल गरेको हो । बैठकपछि जानकारी दिँदै विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र नेपाल कानून आयोगका सचिवसहितका अधिकारीसँग परामर्श गरेको बताए ।

उनले कानूनी अस्पष्टता, अधिकार क्षेत्रको बाँडफाँटसँग सम्बन्धित विषयलगायतका प्रश्नमा छलफल भएको सुनाए । नेपाल कानून आयोगका सचिव तोयनाथ अधिकारी, नेपाल कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव हिमालचन्द्र अर्याल र नेपाल कानून आयोगका सहसचिव पाश्र्वत ढुंगानासँग छलफल भएको क्षेत्रीले बताए उनले भने, ‘आज उहाँहरूसँग भोलि छानबिनको क्रममा आइपर्ने विविध पक्षहरुका सन्दर्भमा कानूनी प्रवन्धहरूलगायतका विषयमा छलफल गरेका छौं । उहाँहरूसँगको छलफलबाट लाभान्वित भएको समितिले महसुस गरेको छ । आन्तरिक प्रतिवेदनहरु संकलनको काम जारी रहेको भन्दै उनले अर्को बैठक १० गते बस्ने जानकारी दिए ।

 

उक्त समितिलाई २९ वटा समस्याग्रस्त सहकारीमाथि छानबिनको कार्यादेश रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय