प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोजीमा राजीनामा पत्र बोकेर हिँड्नु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिचान भएको टिप्पणी गरेका छन्।भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै राजीनामाको विषय आफ्नो पहिचानको लागि उठाएको हुनसक्ने उनले बताए। उनले भने, ‘यो त रविजीले सुरुमै भन्नुहुन्थ्यो नि १ हामी त्यस्ता हौं भनेर। त्यो चाहिँ अब आफ्नो पहिचानको निम्ति पनि उहाँहरूलाई भन्नुपर्ने आवश्यकता होला। तर मैले बुझेकोमा त्यस्तो केही छैन।’
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले आफूहरूले खल्तीमा राजीनामा पत्र बोकेर हिँडेको बताउँदै सरकारलाई दिएको समर्थनबारे समीक्षा गर्नुपर्ने ठाउँमा पुगेको बताएका थिए।












