चितवन- कालिका नगरपालिपका ६, खोलेसिमलमा रहेको सुनचाँदी पसलमा हतियार देखाएर लुटपाट भएको प्रहरीले जानकारी दिएको छ । शनिबार राती ८ः४० बजेको समयमा विनोद सुनारको सुनचाँदी पसलमा हतियार देखाएर लुटपाट गरिएको चितवन प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लुटपाट गर्ने समूहले ३५ किलो चाँदी, ३ किलो सुन र दुई लाख नगद लुटेर लगेका हुन् ।
पसल बन्द गर्न अगाडिका दुई सटर झारिसकेको र एउटा मात्रै ढोका बन्द गर्न लाग्दा समुहमा आएका लुटेराले पेस्तोल देखाएर लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी श्रीराम भण्डारीले जानकारी दिएकाहुन । लुटेरा समूहले सुन पसलमा जडान गरिएको सिसिटिभिको डिस नै खोलेर लगेको पनी प्रहरीले जनाएको छ । प्रहरीले लुटपाटमा संलग्न भएको आशंकामा ४ जनालाई पक्राउ गरि सोधपुछ गरिरहेको जनाएको छ ।












