नेपाली कांग्रेस लिखुपिके गाउँपालिका कार्यसमितिले  काफ्लेचौरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । लिखुपिकेमा आयोजित संगठन सुदृढीकरण तथा अन्तरक्रियात्मक कार्यक्रममा नेपाली काङ्ग्रेस कार्यसम्पादन समिति सदस्य तथा पुर्वमन्त्री बल बहादुर केसि , केन्द्रीय सदस्य आङगेलु शेर्पा , जिल्ला सभापति नाम्गेल जाङ्बु शेर्पा , प्रदेश १(ख) का सभापति कर्मा शेर्पा  तथा पार्टीको केन्द्र तथा जिल्ला स्थित विभिन्न भातृसंगठनका नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।  अन्तरक्रिया कार्यक्रम लाई सम्बोधन गर्दै केन्द्रीय नेताहरूले देशमा बढिरहेको राजनितिक अस्थिरताले सबैलाई निराश बनाएको , प्रधानमन्त्री प्रचण्डको ढुलमुलेपनले निराशा बढाएको , प्रधानमन्त्री र गृहमन्त्रीले सत्तालाई गलत तरिकाले प्रयोग गरेको प्रती नेपाली काङ्ग्रेसले खबरदारी गर्नुपर्ने कुरामा जोड दिए । उनिहरुले पार्टी संगठन निर्माणमा जोड दिन , जनताको पक्षमा काम गर्न स्थानीय नेताकार्यकर्ताहरु लाई निर्देशन समेत दिएका छन । नेपाली कांग्रेस लिखुपिके गाउँपालिका सभापति सुरज बस्नेतको सभापतित्वमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय