राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सोलुखुम्बुको विस्तारित बैठक सम्पन्न भएको छ । जेठ ३ गते बसेको कोशी प्रदेश कमिटी र जेठ १४ गते सम्पन्न केन्द्रीय कार्यसमितिको निर्णय अनुसार ज्येष्ठ २६ गतेदेखि सगरमाथा अञ्चलको उदयपुर जिल्लाबाट सुरु भएको राप्रपाको विस्तारित बैठक जेठ ३० गते सोलुखुम्बु पुगेर सम्पन्न भएको राप्रपा सोलुखुम्बु अध्यक्ष राजेन्द्र बस्नेतले जानकारी दिए ।

झन्डै २ दशक देखि केन्द्रिय पदाधिकारी नपुगेको सोलुमा यो पटक राप्रपा कोशी प्रदेश संसदीय दलका नेता, पूर्व मन्त्री एवं केन्द्रीय प्रवक्ता भक्ति प्रसाद सिटौलाको सहायक महामन्त्री प्रेम बलायर केन्द्रिय समृद्धि राणा , पवित्रा गिरी ,प्रदेश साम्सद गोपाल गजमेर , प्रदेश कमिटीका पदाधिकारीहरु सहित छिमेकी जिल्लाहरु ओखलढुङगा , उदयपुर र खोटाङका राप्रपा अध्यक्षहरुको उपस्थितीमा बैठक सम्पन्न भएको हो ।
बैठक लाई सम्बोधन गर्दै केन्द्रिय प्रवक्ता सिटौलाले पार्टी संगठन अगाडी बढाउन , निष्कृय व्यक्ती लाई जिम्मेवारी मुक्त गर्दै जिल्ला लाई चुस्तदुरुस्त राख्न जिल्ला नेतृत्व लाई निर्देशन दिए । उनले कुनैबेला सोलुखुम्बु राप्रपाको पकड जिल्ला भएको स्मरण गर्दै , अब आफ्नो घर , टोल र छिमेक बाट संगठन निर्माण लाई अगाडी बढाउन सुझाव दिए ।
आगामी वैशाख मसान्त सम्ममा सबै जिल्लामा अधिवेशन सम्पन्न गर्नुपर्ने केन्द्रिय निर्देशन अनुसार २०८१ भदौको पहिलो हप्ताबाट वडा र गाउँपालिका अधिवेशन गर्ने बिस्तारित बैठकले निर्णय गरेको छ । यस्तै निष्क्रिय सङ्गठनलाई सक्रिय बनाउने, पार्टीमा सक्रिय भूमिका निर्वाह गरी स्वर्गीय भएका नेताका परिवारसँग संवाद गर्ने, सोलुखुम्बुमा पार्टी स्थापना गर्न महत्वपुर्ण भुमिका खेल्ने तथा जिल्लाका संस्थापक नेताहरुको तस्विर कार्यालयमा राख्ने , राप्रपाको बिचार सँग नजिक रहेका पार्टी , समुह तथा व्यक्तीहरु सँग संवाद अगाडी बढाउने पुराना नेताहरुको स्मरणमा खेलकुद , सास्कृतिक कार्यक्रम , क्षमता अभिवृद्धि र महिला सशक्तीकरण जस्ता गतिबिधीहरु संचालन गर्दै पर्चा , पम्प्लेट तथा पुस्तकहरु प्रकाशित गरी यो वर्ष लाई संगठन निर्माण वर्षको रुपमा अगाडी बढाउने , पार्टी कोषको निर्माण गर्ने जस्ता महत्वपुर्ण निर्णय भएको केन्द्रिय सदस्य राणाले बताईन ।
राप्रपा सोलुखुम्बुका संस्थापक नेताहरु रेख बहादुर बस्नेत र सोनाङ छिरीङ शेर्पाको फोटो पार्टी कार्यालयमा राखिएको छ भनी अब छिटै स्वर्गीय नेता पुर्वमन्त्री छिरिङ तेन्जि लामा , खम्ब सिंह बि.क सहीतका नेताहरुको फोटो राख्दै उनिहरुको स्मरणमा विविध गतिविधि आयोजना गर्ने निर्णय भएको सल्लाहकार समितिका संयोजक नर बहादुर बस्नेतले बताए ।
पछिल्लो समय राप्रपामा युवा नेताका रुपमा राजेनद्र बस्नेत आएपछि पुराना नेता कार्यकर्ताहरु पार्टीमा फर्कने , गाउँ तथा जिल्लामा विभिन्न कार्यक्रमहरु हुन थालेकाले नेताहरुमा पार्टीप्रति आशा जाग्न थालेको वरिष्ठ उपाध्यक्ष पासाङ काजि लामाले बताए । आफुले निकै नजिक बाट नियाली रहेको सोलुखुम्बुमा पछिल्लो समय संगठन बढन थालेको आभास भएको र खेतीको समयमा पनि जिल्लामा यतिको कार्यक्रम हुनु राम्रो उपलव्धी भएको भन्दै राप्रपा उदयपुरका अध्यक्ष धुव्र रायमाझीले अध्यक्ष बस्नेत लाई धन्यवाद व्यक्त गरेका छन ।
।
संविधानमा रहेको संघियता , गणतन्त्र र धर्मनिरपेक्षता जस्ता विषयमा फरक मत राख्दै आएको राप्रपाका लागी सोलुखुम्बुमा पार्टी संगठन निर्माण गर्न कम चुनौतीपुर्ण भने छैन । भौगोलिक बिकटता , जनचेतनाको कमी , ठुला पार्टीहरुको खिसिटेउरी र प्रतिबद्ध तथा अनुशासित त्यागी कार्यकर्ताको अभाव संगठन निर्माणमा देखिएका प्रमुख चनौती हुन ।











