बजारमा कपाल उमार्ने र झर्न नदिने भन्दै बोतलकै ३ हजार देखी सात हजार सम्म विक्री वितरण भईरहेको श्री केश तेलको नाम सुन्नु भएकै होला यदी सुन्नु भएको छैन भने यसको ककर्तुत हामी सुनाउछौ सुन्न्ुहोस । सप्तऋषि ओयल एण्ड कस्मेटिक इण्डष्ट्रि बाट उत्पादित कपाल उमार्ने र झर्न नदिने भन्दै सेलीब्रेटी देखी पूर्वप्रधानमन्त्री, प्रधानमन्त्री र राष्ट्रपति सम्मलाई दुरुपयोग गरी बजारमा खुबै प्रचार गरीएको श्री केश तेलको बद्मासी मंगलबार कम्पनी आफैले गरेको पत्रकार सम्मेलनमा छताछुल्ल भएको छ । काठमाण्डौको बानेश्वर स्थीत फाईभ स्टार होटल एभरेष्टमा आफ्नो कर्तुत बजारमा आए पछि यसबाट जोगीनको लागी निक्कै महंगो मुल्य तिरेर गरिको पत्रकार संम्मेलनाम उल्टै श्री केश तेलको भण्डाफोर भयो । त्यपछि तनावमा देखिएका संचालक टिकाराम बुढाथोकीले पत्रकारले सोधेका प्रश्नको कुनै चित्त बुझदो जवाफ दिन सकेन्न् ।

यति मात्रै काँहा होर बुढाथोकी र उनको साथमा अर्येुवेदीक डक्टर हुँ भनेर आएका अर्का व्यक्तीले समेत कपाल उमार्ने र झर्न नदिने भन्दै पूर्वप्रधानमन्त्री, प्रधानमन्त्री र राष्ट्रपति सम्मलाई प्रयोग गरेर गरीएको फण्डाको पुष्टि समेत गर्न सकेनन् । पछिल्लो समयमा मिडिया र सामाजिक सञ्जालमा सप्तऋषि ओयल एण्ड कस्मेटिकबाट उत्पादित श्री केश हेयर ओयलको असली धन्दा उदाँगो भएको थियो । श्री केश तेलका बारेका उठेका प्रश्नको जवाफ दिनुको साटो उल्टै कम्पनीले २ सय जनालाई रोजगारी प्रदान गरिरहेको भन्दै कुरा मोड्छन् तर विषय केन्द्रीत जवाफ दिँदैन्न । नत यो श्री केश तेलले कपालनै उमार्छ नत र्झननै रोक्छ यो त केवल उपभोक्ता ठग्नको लागी भ्रम फैलाएर लुट धन्दा चलाईएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय