मोरङको रंगेली नगरपालिकाका नगरप्रहरीमाथि आक्रमण गर्दा प्रहरीले पक्राउ गरेको समूहलाई छाड्न माग गर्दै विद्यार्थीहरुको समूहले विराटनगरमा सरकारी गाडीमा आगजनी गरेका छन् ।आइतबार बिहान प्रदेश योजना आयोगको को१झ ६४४ नम्बरको गाडीमा आगजनी गरेकाहुन ।
विद्यार्थीको समूहले नेपाल विद्युत प्राधिकरणका पाँच वटा गाडी पनि तोडफोड पनि गरेका छन् ।बिहीबार नेपाल विद्यार्थी संघको एउटा समूहले रंगेली नगरपालिकाका कार्यवाहक मेयर एवम् रंगेली ८ का वडाध्यक्ष ढकप्रसाद आचार्य र प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपानेमाथि दुर्व्यवहार गर्दै नगरप्रहरीमाथि हातपात गरेको थियो । सो घटनामा संलग्न भएको आरोपमा प्रहरीले ६ जना विद्यार्थीलाई पक्राउ गरेको थियो । उनीहरु सबै नेविसंघका विद्यार्थी रहेको बुझिउको छ ।












