कुल बहादुर बस्नेत,

असोज १२, घुर्मी

सुनकोसी नदीको जल सतहले ओखलढुङ्गाको हर्कपुर र उदयपुरको घुर्मी जोड्ने सुनकोशी पुलमा खतरा बढेको छ । सुनकोसी नदीको जलसतहले हर्कपुर पुलको ट्रस भाग छुन थालेपछि खतरा उच्च भएको रूपले बढेको हो ।

स्थानीय पेशल गौतमका अनुसार पुलको गाडी गुड्ने भागबाटै पानी बग्न थालेको छ । यो पुलले ओखलढुङ्गा सोलुखुम्बु, खोटाङ, भोजपुर र संखुवासभा लाई काठमाडौँ र तराईसँग जोडेको छ । यस अघि सुनकोशी नदीको खुर्कोटमा रहेको पुला बगाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय