भारतको केन्द्रीय अनुसन्धान ब्युरो -सिबिआई_ ले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई औपचारिक रुपमा km]/L पक्राउ गरेको छ।
बुधवार अदालतमा सुनुवाइ सकिए लगतै सिबिआईले उनलाई पक्राउ गरेको हो। न्यायाधीशले आम आदमी पार्टी -आप_ का राष्ट्रिय संयोजक समेत रहेका दिल्लीका मुख्यमन्त्री केजरीवाललाई अदालतमा सोधपुछ गर्न अनुमति दिएपछि सीबीआईले उनलाई पक्राउ गरेको बताएको छ।

अदालतले सीबीआईलाई उनको गिरफ्तारीका लागि सीबीआईसँग भएका सामग्री रेकर्डमा राख्न पनि भनेको छ। अदालतले जारी गरेको प्रोडक्सन वारेन्टको पालना गर्दै केजरीवाललाई बुधवार नै न्यायाधीश अमिताभ रावतको इजलाशमा उपस्थित गराइएको थियो।
सुनुवाइका क्रममा केजरीवालकी पत्नी सुनिता केजरीवाल, आपका राज्यसभा सांसद सञ्जय सिंह र आप नेता दिलीप पाण्डे अदालतमा उपस्थित थिए। मङ्गलवार केजरीवालले तिहाड जेलमा पुगेर अन्तःशुल्क नीति प्रकरणसँग सम्बन्धित आफ्नो बयान रेकर्ड गराएका थिए।
उनलाई प्रवर्तन निर्देशनालयले यस वर्षको मार्च २१ मा अन्तःशुल्क नीतिबारे भ्रष्टाचार अभियोग पक्राउ गरेको थियो र यस मुद्दामा उनी हालसम्म न्यायिक हिरासतमा थिए।
दिल्ली उच्च अदालतले मङ्गलवार मुख्यमन्त्री अरविन्द केजरीवालको तल्लो अदालतले जारी गरेको जमानत आदेशमा रोक लगाएको छ।











