काठमाडौँ ।
नेकपा एमालेको ११औँ महाधिवेशनपछि बसेको पहिलो केन्द्रीय कमिटी बैठकले संशोधित विधान र राजनीतिक प्रतिवेदन एक हप्ताभित्र प्रकाशन गर्ने निर्णय गरेको छ। नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले विधान सम्पादन र प्रकाशनको जिम्मा केन्द्रीय सचिवालयलाई दिएको छ साथै कार्यविभाजनको जिम्मेवारी पनि तोकेको छ।
पुस २६, २७ र २८ गते काठमाडौँमा दोस्रो बैठक बस्ने र सल्लाहकार परिषद् गठन गर्ने निर्णय पनि बैठकले गरेको छ ।
एक हप्ताभित्र संशोधित विधान र राजनीतिक प्रतिवेदनहरू प्रकाशन गर्ने निर्णय गरेको बैठकले
महाधिवेशनमा सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएको छ ।












