युगिन राई , काठमाडौ । 
सरकारले मधेस प्रदेशका सबै स्थान लाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको छ । गत असार २६ गते मधेश प्रदेश सरकारले पानीको स्रोत तथा मुहानहरु सुकि खानेपानी तथा सिंचाई कार्यमा समस्या उत्पन्न भई जनताको दैनिक जनजीवन प्रभावित भएको भन्दै मधेश प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो । सोही आधारमा सरकारले पनि घोषणा गरेको छ ।


सुख्खाग्रस्त स्थानमा सरकारले आवश्यक साथसहयोगका लागि राष्ट्रसंघीय निकायहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरु र रेडक्रसलाई आफ्ना कार्यक्रमहरु आवश्यकता अनुसार परिमार्जन गरी मधेशप्रदेश  केन्द्रित गर्न अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय