युगिन राई।
काठमाडौं ।

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्। देउवाले शुक्रबार बिहान ९ बजे बुढानीलकण्ठमा बस्ने गरी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए। उनका अनुसार बैठकमा पदाधिकारी, पूर्वपदाधिकारीसहित सरकारमा रहेका केही मन्त्रीहरूलाई पनि बोलाइएको छ।
बैठकमा पार्टीभित्रको आन्तरिक गतिविधि, एमालेसँगको सहकार्य र पार्टीबाट सरकारमा गएका मन्त्रीहरूको समीक्षा, रास्वपा र राप्रपाले निरन्तर गरिरहेको संसद अवरोध लगायत पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ। सरकारले अघि बढाएको विभिन्न विधेयक र प्रधानमन्त्री केपी ओलीको कार्यशैलीलाई लिएर कांग्रेसभित्र असन्तुष्टि चर्किएको छ भनि अनुशासन आयोगको कारबाहीले पनि शेखर समुह बिच्किएको छ।











