युगिन राई , 

३० असार २०८२ , काठमाडौ ।

तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले घूसको मोलमोलाइ गरेको अडियो सार्वजनिक भएको २४ घण्टाभित्रै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा लिएका थिए । त्यो बेलासम्म बाँस्कोटा ओली मन्त्रिपरिषद्को सदस्य मात्र होइन, ‘किचन क्याबिनेट’का हर्ताकर्ता मानिन्थे । तर ओलीले बाँस्कोटा लाई सरकारबाट बिदा गरे ।

संयोगले अहिले पनि ओली नै प्रधानमन्त्री भएका बेला उनकै दल एमालेका नेता तथा मन्त्री राजकुमार गुप्ताले घूस लेनदेनको वार्तालाप गरेको अडियो सार्वजनिक भएको छ । तर यसपालि ओली मौन छन् । त्यसो त आइतबार झापामा आयोजित पार्टी जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओली भन्दै थिए, ‘हाम्राविरुद्धको भ्रामक प्रचारको पछि लाग्नु हुँदैन । केपी ओली र एमालेले भ्रष्टाचार गर्दैन ।’

प्रधानमन्त्रीले योभन्दा पनि कठोर शब्दमा भ्रष्टाचारको विरोध गर्दै आएका छन् । गत वर्ष ६ साउनमा प्रतिनिधिसभामा विश्वासको मत माग्दै उनले भनेका थिए, ‘एउटा कुरा खुलस्त भन्न चाहन्छु । दुनियाँका अगाडि दुनियाँले सुन्ने गरी भन्न चाहन्छु– भ्रष्टाचार गर्दैनौं । भ्रष्टाचार सहदैनौं र कसैलाई भ्रष्टाचार गर्न दिँदैनौं ।

भ्रष्टाचार र अख्तियारसँग जोडिएका विषयको छानबिन तथा अनुसन्धान गर्छौं । यसमा ढुक्क भए हुन्छ । कुनै कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारी उपर कानुनी कारबाही अघि बढाउँछौं ।’ उनले खास मौकामा दोहोर्‍याएको मन्तव्य यस्ता छन्–भ्रष्टाचारप्रतिको शून्य सहनशीलता सरकारको नीति हो, समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न भ्रष्टाचार नियन्त्रण अनिवार्य छ । म भ्रष्टाचार गर्दिनँ, अरूलाई पनि गर्न दिन्नँ । प्रधानमन्त्री ओलिको यो भनाईले अहिले उनैलाई गिज्याई रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय