युगिन राई ,

नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति काठमाडौँले बालुवाटारमा गरेको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । 

516714364_913301254303737_1086891044067917149_nविद्यालय भर्नाको बेला दोहोरो भर्ना बन्द, छात्रवृत्तिको पारदर्शी व्यवस्था र न्यायोचित वितरण हुनुपर्ने, प्रतिस्पर्धात्मक शिक्षक नियुक्ति र विद्यार्थी मैत्री विद्यालय शिक्षा ऐन तत्काल जारी हुनु पर्ने र विश्वविद्यालयमा योग्यतामा अधारित नियुक्ति हुनुपर्ने लगायतका मागसहित नेविसंघले प्रधानमन्त्री निवास बालुवाटारमा आन्दोलन गरेको थियो ।  त्यस क्रममा प्रहरीले हस्तक्षेप गर्दा ६ जना विद्यार्थी नेतापक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपाल विद्यार्थी संघका काठमाडौँ जिल्ला अध्यक्ष अंशुल केसी, काठमाडौँ सहसचिव दोर्जे तामाङ, बानेश्वर क्याम्पस अध्यक्ष प्रेम श्रेष्ठ, कीर्तिपुर अध्यक्ष रोहित श्रेष्ठ र रोहन देशार र सतिश यादव छन। अध्यक्ष केसीले जानकारी दिए । विद्यार्थीहरूको पक्षमा पारदर्शी र गुणस्तर शिक्षाको व्यवस्थाका लागि आन्दोलन गर्दा प्रहरीले पक्राउ गरेको केसीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय