युगिन राई ।
लिखु पिके गाउँपालिका सोलुखुम्बुले पालिकाभर रहेका ३८ घर दलित परिवारलाई विभिन्न सामाग्रीहरु उपलब्ध गराएको छ ।

पालिका अध्यक्ष मिना कार्की बस्नेत र उपाध्यक्ष ङवाङ ल्हाक्पा शेर्पाले संयुक्त रुपमा दलितहरुको पुर्खौली पेशा संरक्षण तथा काम गर्न सहजताको लागि गाउँपालिका भित्रका ५ वटै वडाका ३८ घर परिवारलाई विभिन्न प्रविधि हस्तारण गरेका छन।
आर्थिक वर्ष २०८१/८२ को बजेट बाट उनिहरु लाई विभिन्न प्रविधिका सामान उपलब्ध गराएको पालिका अध्यक्ष बस्नेतले बताइन। नयाँ प्रबिधिका सामानहरु दिएपछि काममा सहजता आउने र यसले आर्थिक उपार्जन गर्न सहयोग गर्ने पालिकाले अपेक्षा गरेको छ ।











