एपेक नेपालद्वारा शनिबार काठमाडौंमा आयोजित एक समारोहका बिच कवि, गीतकार तथा नेपाल बायुसेवा निगमका प्रमुख कार्यकारी अध्यक्ष युबराज अधिकारीको दोस्रो कविता संग्रह ‘युद्ध, युद्ध नै हुन्छ ‘ को लोकार्पण गैरिघारा स्थित एलिस रिसेप्सन को सभाकक्षमा सम्पन्न भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रमको सभापतित्व एपेक नेपालका अध्यक्ष कवि विश्वविमोहन श्रेष्ठले गरे ।

कार्यक्रममा कवि युबराज अधिकारीले आफ्नो साहित्यिक यात्राका बारेमा धारणा राख्दै लोकार्पित सङ्ग्रहबाट दुइ कविताहरु पनि वाचन गरे । वरिष्ठ कलाकार दिनेश डिसीले सन्चालन गर्नु भएको सो कार्यक्रममा प्रमुख अतिथी माननीय मन्त्री, विशिष्ठ अतिथि कवि तुलसी दिवस, साहित्यकार प्रकाश सायमी, कलाकार द्वय बिजय लामा, निखिल उप्रेती र राजेन्द्र शलभले पनि कवि युबराज अधिकारीका बारेमा बोल्नु हुदै उहाका केहि कविताहरु पनि प्रस्तुत गरेका छन ।


कार्यक्रमको अन्तमा रङ्गकर्मी बिरेन्द्र हमालको निर्देशनमा १२ जना कलाकारहरु द्वारा लोकार्पित संग्रह भित्रको आमा शीर्षक को कविता मन्चन समेत गरिएको थियो।
३०० सयभन्दा बढी अतिथीहरु सहभागी भएको सो कार्यक्रममा केहि माननीय , सचिब सहित सहित्यकार एबम कलाकारहरुका साथ साहित्यानुरागीहरुको बाक्लो उपस्थिति रहेको थियो।











