भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच बुधबार करिब ३५ मिनेट टेलिफोन वार्ता भएको छ। मोदीले अपरेसन सिन्दुर र आतंकवादका विषयमा कुराकानी गरेका थिए भने व्यापारको कुरा नभएको बताइएको छ । विदेश सचिव विक्रम मिश्रीका अनुसार, मोदीले पाकिस्तानको आग्रहमा युद्धविराम गरिएको जानकारी दिएका छन। ट्रम्पले पहलगाम हमलामा मारिएकाप्रति समवेदना व्यक्त गरे।


जी–७ बैठकमा भेट तय भए पनि ईरान र इजरायल युद्वले गर्दा ट्रम्प बिचमै अमेरिका फर्किएपछि फोनवार्ता भएको हो। मोदीले आतंकवादविरुद्ध सिधा युद्ध लड्न भारत सधैं तयार रहेको बताएका थिए ।











