बैङ्किङ क्षेत्रमा देखिएको अधिक तरलताको अवस्था लाई व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले बजारबाट रकम प्रशोचन गर्ने गरेको छ । सोही अनुरुप केन्द्रीय बैंकले आज बजारबाट ९० अर्ब रुपैयाँ खिच्ने भएको हो । निक्षेप संकलन उपकरण प्रयोग गरेर राष्ट्र बैंकले ३५ दिनका लागि उक्त रकम बजारबाट उठाउन लागेको हो । यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।













