प्रतिनिधि सभा बैठक असार ५ गते बिहीबारसम्मका लागि स्थगित भएको छ । मंगलबार सभामुख देवराज घिमिरेले बिहीबारसम्मका लागि बैठक स्थगित गरेका हुन् । मंगलबार केही समय बसेको बैठक आधा घण्टाका लागि स्थगित गरिएको बैठक साढे चार बजे बस्ने गरी सूचना टाँस गरिएको थियो । तर, सो समयमा पनि बैठक नबसेपछि सङ्घीय संसद् सचिवालयले सूचना टाँसेर असार ५ गते बिहान ११ बजे बस्ने गरी बैठक स्थगित गरेको जनाएको छ ।

दलहरूबिच भिजिट भिसा प्रकरणमा सहमति जुट्न सकेको छैन । रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजिनामा र छानबिन समिति गठनको माग गर्दै संसद् बैठक अवरोध गर्दै आएका छन् ।

यसअघि सभामुख र पाँच दलका प्रमुख सचेतकबिचको छलफल पनि विना निष्कर्ष सकिएको थियो । सभामुख देवराज घिमिरेले बुधबार सहमतिका लागि गृहकार्य गर्न समय दिएको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय