१९ जेठ २०८२।

नवराज सुवेदीको नेतृत्वमा रहेको संयुक्त जनआन्दोलन समितिले आज (सोमबार) को लागि घोषणा गरेको उपत्यका बन्दको कार्यक्रम फिर्ता लिएको छ। समितिले संयोजक नवराज सुवेदीले हस्ताक्षर गरेको विज्ञप्ति जारी गर्दै कार्यक्रम फिर्ता लिएको जनाएको हो। आइतबारको प्रर्दशनको क्रममा हिरासतमा लिइएका नेताहरू रिहा भइसकेको भन्दै समितिले बन्द कार्यक्रम फिर्ता लिएको विज्ञप्तिमा भनिएको छ।

यसअघि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आइतबार सामाजिक सञ्जाल फेसबुक मार्फत सोमबार हुने भनिएको उपत्यका बन्दको कार्यक्रममा राप्रपाको सहभागिता नरहने जनाएका थिए । अध्यक्ष लिङ्देनले पक्राउ परेका सबै नेताकार्यकर्ता रिहा भएकाले बन्दमा राप्रपा सहभागी नहुने बताएका छन। बन्द फिर्ता भएपनि अन्य कार्यक्रम के हुने भन्ने अन्यौल रहेको छ । सुवेदी नेतृत्वमा रहेका मुख्य घटकहरु बीचमा आवश्यक परामर्श, छलफल, विश्वास र समन्वयको अभावमा देखिन थालेको छ। जसले गर्दा ५ औं दिनमा आएर अब के गर्ने भन्ने अन्यौल बढेको छ।

प्रहरीले आईतबारको प्रदर्शनमा बलप्रयोग गरेर राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ गरेपछि दिनभर अब के गर्ने के नगर्ने भन्ने अन्यौल छाएको छ भनी सुवेदीले तत्काल स्थिति लाई नियन्त्रणमा लिएको देखिएन । सुवेदीले जारी गर्ने विज्ञप्तीहरु शीर्षनेताहरु लाई नै थाहा नहुने साथै मनलागी हुने गरेको गुनासो रहेको राप्रपा उच्च स्रोतको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय