राजसंस्था पुनःस्थापनाका लागि गठित संयुक्त जनआन्दाेलन समिति द्वारा जेठ १५ गतेदेखि सुरु गर्ने आन्दोलनका लागि उपत्यकाबासीहरुको सक्रिय उपस्थिति गराउने उद्देश्यले घरदैलो अभियान सुरु भएको छ। समितिका संयोजक नवराज सुवेदी,राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन,राप्रपा नेपालका अध्यक्ष कमल थापा,राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर बिष्ट , विश्वहिन्दु महासंघकी अध्यक्ष अस्मिता भण्डारी लगायतको उपस्थितिमा काठमाडौको जमल बाट अभियानको सुरुवात भएको हो।

गणतन्त्र , संघीयता र धर्मनिरेक्षताको खारेजीको माग गर्दै सडक संघर्षमा आएको संयुक्त जनआन्दोलन समितिले आफ्नो अभियान लाई तिव्र गतिमा अघि बढाएको हो।


गणतन्त्र दिवसकै दिन पारेर आन्दोलन घोषणा गरेको समितिले उपत्यकाबासिको साथ खोजेको छ । हरेक परिवर्तनमा उपत्यकाबासीको महत्वपूर्ण भूमिका रहेको हुनाले  अबको परिवर्तन पनि उनीहरूको सहयोग बिना सम्भव समितिले देखेको छैन । त्यसैले आन्दोलनमा सहयोग गर्न र सहभागी हुन उनीहरूले घरदैलो अभियान मार्फत उपत्यकाबासीहरु लाई अनुरोध गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय