काठमाडौ।

पूर्वराजा ज्ञानेन्द्र शाहले परिवारसहित नारायणहिटी परिसरभित्र रहेको नारायणस्थान मन्दिरमा पूजाअर्चना गरेका छन् । राजावादीहरुले नारायणहिटीमा राजालाई फर्काउने भन्दै जेठ १५ देखि आन्दोलन चर्काउने तयारी गरिरहेकै समयमा पूर्वराजाले परिवार सहित नारायणहिटी पुगेर नारायणको पूजा गरेका हुन ।

पूर्वराजा शाहका संवाद सचिव फणिराज पाठकका अनुसार, शनिबार साँझ पूर्वराजा शाह पूर्वरानी कोमल , नाति हृदयन्द्र सहित उक्त मन्दिरमा पुगेका हुन् । उनका अनुसार, उक्त मन्दिर सर्वसाधरणका लागि पनि खुला छ । उक्त मन्दिरमा पूर्वराजा शाहको परिवार नियमित दर्शन तथा पूजाअर्चनाका लागि जाने गरेको पाठक जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय