दिक्तेल खोटाङ।
खोटाङको सदरमुकाम दिक्तेल नजिकै रहेको मनमाया खानिडाँडा विमानस्थलबाट काठमाडौं -खानिडाँडा – काठमाडौँ नियमित उडान सुरु हुने भएको छ । उडान हरेक बुधबार र शनिबार हुने भएको हो । प्रत्येक उडानमा ७० बर्ष उमेर नाघेका २ जना, ‘क’ ‘ख’ र ‘ग’ बर्गको अपाङ्गता भएका २ जना व्यक्तिलाई फेयर मुल्यको ५०% छुट दिईने छ । त्यस्तै २ बिध्यार्थी र १२ बर्ष भन्दा कम उमेरका यात्रीहरुलाई फेयर मुल्यको २५% छुट दिईने खानिडाँडा विमानस्थल प्रमुख सुरेन्द्र कसजुले जानकारी दिए।

यी सहुलियत टिकट प्राप्त गर्न सक्कल नागरिकता, सक्कल जन्मदर्ता र बिध्यार्थीको हकमा २५ बर्षभन्दा कम उमेरको जन्ममिती खुल्ने परिचयपत्र उडान हुने मितिको एक दिन अगावै अनिवार्य रूपले कार्यालय बुझाउनु पर्ने छ ।
यात्रूहरुको सहजताका लागी RA137/138 काठमाडौं -खानिडाँडा-काठमाडौँको टिकट अनलाईनमा समेत उपलब्ध रहेको छ । जसको लागी आफ्नो Mobile को PlayStore बाट Nepal Airlines App डाउनलोड गरी वा Nepal Airlines को website मा गई Domestic Reservation मार्फत पनि आफ्नो सिट सुनिश्चित गर्न सकिने छ ।











