२२ वैशाख २०८२, काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच करिब २ घण्टा लामो छलफल भएको छ । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा भएको छलफलमा सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोग गठनको प्रक्रिया र सरकार सञ्चालनलगायतका समसामयिक विषयमा कुराकानी भएको छ । गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्रीका मानवअधिकार तथा सङ्क्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेल पनि छलफलमा सहभागी रहेका थिए । बैठकपछि गृहमन्त्री रमेश लेखकले टीआरसी लगायत समसामयिक विषयमा दुई नेताबिच छलफल भएको बताए । मन्त्री लेखकले दुई नेताबिचको भेटमा टीआरसीको प्रोसेस र आयोगले गरिरहेको कामबारे सामान्य कुराकानी भएको छ ।

‘यो कमन र राष्ट्रिय एजेन्डा हो भिक्टिमले उठाएका असन्तुष्टिलाई कसरी सम्बोधन गर्ने र उनीहरूलाई कसरी समेट्ने भन्नेमा कुराकानी केन्द्रित भयो’, लेखकले भने, ‘भिक्टिम समन्वय इकाइमा इन्भल्व गर्न सकिन्छ ।’भेटमा गठबन्धन र सरकारबारे बाहिर आएका हल्लाहरू बेकार रहेकोमा पनि ओली र देउवा एकमत देखिएका छन् । नीति कार्यक्रम र बजेट पारित गर्ने, शिक्षा विधेयकसहित शिक्षकका समस्या समाधान गर्नेबारे पनि दुई नेताबिच कुराकानी भएको जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय