१८ वैशाख २०८२, काठमाडौ।
सरकारसँग भएको सहमतिबारे जानकारी गराउन पुगेका नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मिकिशोर सुवेदी प्रहरीको सहयोगमा बाहिरिन बाध्य भएका छन् । नयाँ बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयमा सहमतिबारे जानकारी गराउने कार्यक्रमस्थलमा पुगेका सुवेदी नाराबाजी हुन थालेपछि बाहिरिन बाध्य भएका हुन।

कार्यक्रमस्थलमा पुगेका महासंघका अध्यक्ष सुवेदी नाराबाजी भएपछि प्रहरीको समन्वयमा बाहिरिएका छन् । सरकारसँगको सहमतिबारे असन्तुष्टि राख्दै विद्यालय कर्मचारीले विरोध जनाउदै आफ्ना माग सम्बोधन नभएको भन्दै पुनः आन्दोलनमा जाने चेतावनी दिएका छन् । जसका लागि अहिले विद्यालय कर्मचारी परिषद्का सदस्यहरू छलफलमा जुटेका छन् । लामो आन्दोलनमा रहेका शिक्षकहरु संग बुधबार सरकारले ९ बुँदे सहमति गरेको थियो ।












